Executive members

  • President- Mr. Bishnu Mani Acharya
    Sr. Vice President- Mr. Arjun Kunwar
    Vice President- Mr. Dinesh Pandey
    Vice President- Mr. Milan Kumar Karki
    Vice President- Mrs. Azad Pradhan
    General Secretary-Mr. Peshal Regmi
    Secretary - Mr. Jal Prasad Ghimire
    Tresurer-Mr. Raj Kumar Thapa
    Asst. Treasure- Mrs. Milan Poudel Thapa
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements


श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव (बोस्टन सप्ताह, २०१७)


Posted By: president Posted on: 2017-05-31 18:45:41.01

आगामी अगष्ट ६ देखि १२ तारिखसम्म वोस्टनमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं वृहत् आध्यात्मिक महोत्सव आयोजना हुन लागेको कुरा यहाँहरु सबैलाई विदितै छ । सुप्रसिद्ध पुराण वाचक पं.दीनवन्धु पोखरेल यो महायज्ञका प्रमुख वाचक हुनुहुन्छ । उहाँका मुखार विन्दबाट निसृत प्रवचन श्रवण गरेर आफूलाई कृतकृतार्थ हुन र यो ऐतिहासिक क्षणको सदुपयोग गर्न हामी सम्पूर्ण नेपालीभाषी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ । यो महोत्सव हुनु हाम्रा लागि ठूलो खुसी र गौरवको कुरा हो ।

महायज्ञ के हो ?

दैवी पक्षका देवताहरुको प्रसन्नताका लागि वैदिक विधिले गरिने गरिने धार्मिक कार्यलाई यज्ञ भनिन्छ । महायज्ञ त्यसैको ठूलो रुप हो । त्यही महायज्ञ यहाँ आयोजना गर्न लागिएको छ।

महायज्ञ किन गर्ने ?

महायज्ञ गर्नुको उद्धेश्य प्रष्ट छ -- पशुपतिनाथको मन्दिर तथा बौद्ध स्तूपासहितको सामुदायिक भवन अर्थात् कम्युनिटी सेन्टर निर्माण । यस कम्युनिटी सेन्टर निर्माणार्थ हामीले ओमकार (बुद्ध र हिन्दू) परिवारका मानिसहरुलाई समाहित गर्ने लक्ष्य राखेका छौँ । यसका लागि हामी न्यू इङ्गल्याण्डवासीहरु विगत पाँच वर्षदेखि यो अभियानमा दत्तचित्त भएर लागिरहेका छौं । तर रकम संकलनमा हामीले सोचेजस्तो प्रगति हुन सकेको छैन । त्यसैले हामीले यो सेन्टर निर्माणका लागि पं दीनबन्धु पोखरेललाई वोस्टन सप्ताहका लागि सादर निमन्त्रणा गरेका हौँ र उहाँले हाम्रो यो निमन्त्रणा स्वीकार गरी आफूले सेन्टर निर्माण गर्न सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।

हामी नेपालीहरु स्वभावैले उदार छौँ, सहिष्णु छौँ र सहयोगी भावनाका धनी पनि छौँ । हामीले यो भावनालाई जगाएर अगाडि बढाउनुपर्ने टड्कारो अनुभव गरेका छौँ । यसका लागि केवल समर्पण र सहयोगको आवश्यकता छ । तपाई हाम्रो सहयोगले नै सेन्टर स्थापना हुने हो । हामी सबैजना यो महान् यज्ञमा समाहित भयौँ भने यो सेन्टर स्थापना भइ हामीले यथाशीघ्र हाम्रा कर्महरु गर्न सक्नेछौँ भन्ने आशा एवं विश्वास लिएका छौँ । तपाईँ हामीले उदारता देखाउनैपर्छ । पंं पोखरेलको मुखारविन्दबाट झंकृत हुने प्रवचन सुनेर लाभान्वित हुन र आफ्नो गच्छे अनुसारको रकम दान वा चन्दाका रुपमा प्रदान गरेर हाम्रो यो विशाल अभियानमा एक इँटा थप्न पनि हामी अनुरोध गर्दछौँ ।

वोस्टन एक ऐतिहासिक सहर हो । शिक्षा र स्वास्थ्यका दृष्टिले यो सहर अमेरिकाका अन्य सहरभन्दा विशेष महत्वको छ । त्यसैले यहाँ दिन प्रतिदिन नेपालीहरुको बसोबास बढ्दै गइरहेको छ र यसले गर्दा आम नेपालीहरुमा एउटा अपनत्व जगाउने र आफ्नो धर्म र संस्कृतिलाई जोगाइराख्ने किसिमको पूजाआजा वा अरु संस्कारहरु गर्न सहज होस् भन्ने स्वाभाविक अभिप्राय रहिआएको छ । त्यसैले हामी कम्युनिटी सेन्टर स्थापनाको प्रक्रियामा निरन्तर लागिरहेका छौँ । यो सेन्टर स्थापनापछि हामी नेपालीहरुले हाम्रा रीतिरिवाज, परम्परा तथा सामाजिक संस्कार एवं चाडपर्वहरु मनाउने नै छौँ । यस अतिरिक्त विचारको आदान प्रदान, सरसल्लाह, आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध बढाउने, विवादका विषयमा छलफल गर्ने, सरसहयोग तथा व्यापार व्यवसायका कुराको जानकारी लिने, शिक्षा, रोजगार, कर, आप्रवासन, नेपाल, अमेरिका र स्थानीय निकायका गतिविधि र अरु विविध विषयमा प्रत्यक्ष तथा परोक्षरुपमा थुप्रै जानकारी प्राप्त हुने भएकोले यो सेन्टर एक महत्वपूर्ण कडीका रुपमा रहनेछ । यसले गर्दा समाज गतिशील हुन्छ । हाम्रा बालबच्चाहरुले हाम्रो परम्परा र संस्कृति बुझ्न सक्छन् । संस्थाको गतिशीलताले समाज परिवर्तन हुन्छ ।

त्यसैले तपाई आउनुस् । तपाईँको परिवारलाई ल्याउनुस् र साथीहरुलाई खबर गर्नुस् र परत्रका लागि समेत पुण्य आर्जन गर्नुस् । यो ऐतिहासिक पर्वलाई सफल बनाउँ ।

थप जानकारीको लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव बोस्टन, २०१७ मा जानुहोस् ।

:: Add new announcement